सरकारका पूर्वसचिव न्यौपाने नै प्रबेश गरे राप्रपामा, अध्यक्ष लिङ्देनसहितका नेताले गरे स्वागत

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश गरेका छन् । मंगलबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा उनलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपामा प्रबेश गराएका हुन् । सो कार्यक्रममा अध्यक्ष लिङ्देनसहितका नेताहरु सहभागी रहेका थिए । लिङ्देनले न्यौपानेलाई सदस्यता दिएर पार्टीमा स्वागत गरेका हुन् । न्यौपानेलाई कार्यक्रममा पूर्व अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा।प्रकाशचन्द्र लोहनी, नेताहरू दिपक बोहरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, लगायतले पार्टीमा स्वागत गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार