पत्रकार महासंघका पूर्व सभापति चेम्जोङ मेयरमा उठे

बिहीबार, मंसिर १, २०७९
इलाम - इलाम नगरपालिकाको प्रमुखमा नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्व सभापति धिरेन चेम्जोङ उम्मेदवारी दिएका छन् । उनले नेकपा एमालेबाट इलाम नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका हुन् । पत्रकार महासंघ इलाम शाखाको संस्थापक मध्येका एक उनी इलाम शाखामा दुई कार्यकाल सभापति भएका थिए । पत्रकार महासंघको साधारण सदस्यबाट पनि राजीनामा गरेका उनी सोमबार मनोनयन दर्ता गरेका थिए।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्