भरतपुरमा कांग्रेस नेता पौडेलको स्वतन्त्र उम्मेदवारी दर्ता

बिहीबार, मंसिर १, २०७९

चितवन - नेपाली कांग्रेस चितवनका नेता एवं पूर्व सांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

भरतपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा जुलुससहित पुगेर पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । पौडेललाई चितवन कांग्रेसका पूर्व सभापतिहरु कृष्णलाल सापकोटा, टीकाराम न्यौपाने लगायतले समर्थन दिएका छन् । उम्मेदवारी दर्तापछि पौडेलले कांग्रेस कार्यकर्ताहरुले निरुत्साहित हुन नपरोस् भनेर आफूले स्वतन्त्र उम्मेदवारी दिनुपरेको बताए ।

‘कांग्रेसजनहरुले निरुत्साहित हुनु नपरोस भनेर मैले उम्मेदवारी दर्ता गराएको हु । मेरो उम्मेदवारी भरतपुरका जनताको चाहना अनुसार हो’, पौडेलले भने । उनले आफ्नो उम्मेदवारी फिर्ता गर्न नभएको समेत स्पष्ट पारे । ‘फाँसीमा झुण्डिन तयार भएर कांग्रेस भएको हुँ । कसैको आदेश वा कारवाहीको डरले उम्मेदवारी फिर्ता हुँदैन’, पौडेलले भने ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्