कांग्रेस जनकपुरका नगर सभापति साहले छाडे पार्टी, स्वतन्त्र उम्मेद्वारी दिने घोषणा

बिहीबार, मंसिर १, २०७९
जनकपुर - नेपाली कांग्रेस जनकपुरधाम नगरसभापति मनोज साहले राजीनामा दिएका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै साहले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् । सत्ता गठबन्धन दलले महानगर तथा उपमहानगरको बाँडफाँड गर्दा जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टीको भागमा परेपछि नगरसभापति, सचिव, कोषाध्यक्ष, वडासभापतिसहित सयौं कार्यकर्ताहरुले कांग्रेस परित्याग गरेका हुन् । नगरसभापति साहसँगै सचिवल लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादव, वडा नम्बर-१५ का सभापति नन्दलाल साहले राजीनामा दिएका हुन् । त्यस्तै मनोज साहले आफ्नो वडामा रहेका डेढ सय क्रियाशिल सदस्य, भातृसंगठनहरुबाट गरी अढाई सयभन्दा बढीले राजीनामा लेखिसकेको बताए । कांग्रेसले गठबन्धनमा जनकपुरधामलाई अरुलाई दिएर आफ्नै घरमा आफैले आगो लगाएको भन्दै उनले अब आफू स्वतन्त्र उम्मेदवार दिने बताए । उनले भने, ‘नेपाली कांग्रेसको २५ वटै वडाका सदस्यहरुको भावना अनुरुप मैले राजीनामा दिन लागेको छु । तिनीहरुले छाप जुन भएपछि अनुहार कांग्रेसी नै हुनुपर्ने भन्दै भ्रष्टाचारीलाई मत दिन नसकिने बताएपछि मैले राजीनामा दिने निणर्यमा पुगेको छ ।’ साहले उम्मेदवारी दर्ताको समयसम्म पनि कांग्रेस सचिए आफू फर्कने बताए । गृहमन्त्रीले माथिबाट कारबाही गर्ने धम्की दिइरहेकाले आफैले राजीनामा दिएर स्वतन्त्र भएको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्