बर्नलीको महत्वपूर्ण जित, रेलिगेशन जोगिने आशा जिवितै

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ– रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको प्रिमियर लिगको क्लब बर्नलीले बिहीबार राति महत्वपूर्ण जित निकालेको छ । घरेलु मैदानमा बर्नलीले साउथह्याम्टनमाथि २–० को जित आत्मसाथ गरेको छ । प्राप्त जितले रेलिगेशन जोनमा रहेको बर्नलीको यस सिजन शीर्ष डिभिजनमै टिक्ने सम्भावना जिवितै रहेको छ ।

बर्नलीले यस सिजन मात्र ५ जित दर्ता गर्न सफल भएको छ । र रेलिगेशन जोनबाट माथि रहेको एभर्टनसँगको दुरी एक अंकमा झारेको छ ।

कोनर रोबर्टसले खेलको सुरुवातमै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । जसमा नाथन कोलिन्सले पहिलो हाफको अन्तिम समयतिर अग्रतालाई दोब्बर बनाएका थिए ।

अन्तरिम प्रशिक्षक माइक जोनसनको नेतृत्वमा बर्नलीले प्रभावशाली रुपमा आक्रमक खेल पस्किएको थियो । टोलीले प्राप्त अग्रतालाई दोस्रो हाफमा जोगाउन पनि सफल रह्यो ।

बर्नलीले जितले रेलिगेशनको संघर्षलाई अझ पेचिलो बनाएको छ । बर्नली २८ अंक सहित तालिकाको पुछारदेखि तेस्रो स्थानमा छ । साउथह्याम्टन ३९ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:१४
प्रतिक्रिया दिनुहोस्