एमाले सचिवालय बैठकमा महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टुंगो लगाउने बिषयमा छलफल

बिहीबार, मंसिर १, २०७९
काठमाडौं – नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको टुंगो शनिवार लगाउने भएको छ । बिहिबार पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकमा सबै प्रदेशबाट सिफारिस भएर आएका नामहरुबारे छलफल भएको थियो । आउँदो बैठकमा महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको टुंगो लगाउने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरबाट बिजय सुवेदी, बीरगंजबाट बिजय सरागवी र ललितपुरबाट हरिकृष्ण व्यञ्जनकारको नाममात्र सिफारिस भएको छ । पोखराबाट १२ जनाको नाम आएको पनि उनले बताए । यसबारे शनिवारको बैठकमा छलफल हुने उनले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्