एमाले सचिवालय बैठक बालकोटमा जारी

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक अध्यक्ष केपी ओलीको निजी निवास बालकोटमा बसिरहेको छ । बैठकमा आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवारी छनोट, निर्वाचनको तयारीलगायतका विषयमा बैठकमा छलफल भइरहेको छ । सत्तारुढ पाँच दलीय गठबन्धन संयुक्त उम्मेदवार उठाएर निर्वाचनमा जाने भएपछि यसबारे पार्टीको रणनीतिका विषयमा छलफल भइरहेको छ । चुनावमा एमालेले राप्रपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, परिवार दल लगायतका पार्टीसँग तालमेल गर्ने निर्णय गरिसकेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्