सातै प्रदेशमा चुनावी सभा गर्दै सत्तारुढ गठबन्धन, कहिले कहाँ ?

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - सत्तारुढ गठबन्धनले देशका ७ वटै प्रदेशमा चुनावी सभा गर्ने भएको छ। बिहीबार बसेको कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बैठकले चुनावी सभा गर्ने निर्णय गरेको हो। बैठकले बैशाख १८ गतेदेखि २२ गतेसम्म चुनावी सभा गर्ने निर्णय गरेका हो । सातै प्रदेश सदरमुकाममा आयोजना हुने सभालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । वैशाख १८ गते बिहान ११ बजे सुदूरपश्चिमको धनगढी, वैशाख १८ गते नै कर्णाली प्रदेशको सुर्खेतमा दिउँसो २ बजे चुनावीसभा हुनेछ । यस्तै बैशाख १९ गते बिहान ११ बजे लुम्बिनी प्रदेशको बुटवल, बैशाख १९ गते दिउँसो २ बजे गण्डकी प्रदेशको पोखरामा, बैशाख २० गते बिहान ११ बजे प्रदेश १ को विराटनगर र बैशाख २० गते नै दिउँसो २ बजे मधेस प्रदेशको राजधानी जनकपुरमा चुनावी सभा हुनेछ । यस्तै बैशाख २२ गते गठबन्धनले काठमाडौंमा शक्ति प्रदर्शन गर्नेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्