एमालेसँग गरेको तालमेलले वीरगञ्ज लोसपामा विवाद

बिहीबार, मंसिर १, २०७९
वीरगञ्ज - यहि बैसाख ३० को स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेल भएको छ । आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुखमा एमाले र उपप्रमुखमा लोसपाबाट साझा उम्मेदवार उठाउने गरी तालमेलको सहमति भएको जनाइएको छ । सहमतिपत्रमा एमालेका जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् । पत्रकार सम्मेलनमा एमालेका नेता रघुवीर महासेठ, लोसपाका नेता लक्ष्मणलाल कणर्, लोसपाका प्रदेश सांसद रमेश पटेल र विमल श्रीवास्तवलगायत नेता-कार्यकर्ता उपस्थित थिए । लोसपाका केही स्थानीय नेताले भने तालमेलको विरोध गरेका छन् । आफूहरूले तालमेल नमान्ने अडान लिएको नगर सभापति ओमप्रकाश सराफले जानकारी दिए । तालमेलको निणर्यविरुद्ध आफूहरू बैठकमा बसेको र केही समयमै विज्ञप्ति जारी गरेर विरोध गरिने उनले बताएका छन् । ‘यस्तो गम्भीर विषयमा बृहत् छलफल गर्नुपथ्र्यो । जिल्ला कमिटी, प्रदेश कमिटीमा पनि छलफल हुनुपथ्र्यो’, उनले भने, ‘प्रक्रियाविपरीत कुनै व्यक्तिको स्वार्थका लागि गरिएको तालमेलको हामी विरोध गर्छौ ।’
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्