देउवाले बोलाए कांग्रेस शीर्ष नेताको बैठक

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (बिहीबार) दिउँसो ३ बजेका लागि उनले बैठक बोलाएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका संस्थापन इतर पक्षका नेता डा. शशांक कोइरालासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायतलाई डाकिएको स्रोतले जानकारी दिएको छ । बैठकमा पार्टीका पदाधिकारीमध्ये उपसभापतिद्वय पूणर्बहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बोलाइएको छ ।

देउवाले महानगर तथा उपमहानगरमा पार्टीका उम्मेदवार चयन गर्ने सन्दर्भमा छलफलका लागि बैठक बोलाएको बालुवाटार स्रोतले बताएको छ । कांग्रेसको विधानअनुसार महानगरको मेयर तथा उपमेयर केन्द्रले र उपमहानगरको मेयर तथा उपमेयरका उम्मेदवार प्रदेशले टुङ्ग्याउने व्यवस्था छ । देउवाले पार्टीभित्रको शक्ति सन्तुलन मिलाएर टिकट वितरणको तयारी थालेका हुन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्