धरानमा भागवण्डा : कांग्रेसलाई मेयरसहित १३ वडा, एकीकृत समाजवादीलाई एक वडा

बिहीबार, मंसिर १, २०७९

सुनसरी - सत्तारुढ चार दलले प्रदेश-१ स्थित सुनसरीको धरान उपमहानगरपालिकामा भागवण्डा गरेका छन् । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेससहितका चार दलले मेयरदेखि वडाअध्यक्षसम्म भाग मिलाएका हुन् ।

सहमति अनुसार कांग्रेसले धरानमा मेयरसहित १३ जना वडाअध्यक्ष लिएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले उपमेयरसहित चार वडाअध्यक्ष लिएको छ । अर्कातिर जनता समाजवादी पार्टीले दुईवटा वडाअध्यक्ष लिएको छ । यस्तै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको भागमा ४ नम्बर वडाअध्यक्ष र चार सदस्य परेको छ ।

सहमति अनुसार कांग्रेसले मेयरसहित १, २, ५, ६, ७, ८, ९, ११, १२, १३, १४, १६ र १८ नम्बर वडाअध्यक्ष लिएको हो । माओवादी केन्द्रका सुनसरी सह-इन्चार्ज अइन्द्रविक्रम बेघाका अनुसार माओवादीको भागमा उपमेयरसहित ३, १५, १७ र २० नम्बर वडाअध्यक्ष भागामा परेको छ । ती वडाका सबै वडा सदस्य पनि माओवादीले लिएको छ । उपेन्द्र यादव नेतृत्वको जसपाले १० र १९ वडाअध्यक्ष लिएको छ । यो भागवण्डापछि गठबन्धनले धरानमा क्लिन स्वीप गर्ने दाबी पनि गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्