स्थानीय तह निवार्चन : कांग्रेस बागमती प्रदेश समितिले तोक्यो १३ जिल्लाका संयोजक

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बागमती प्रदेश समितिले प्रदेशअन्तर्गतका १३ जिल्लाकै संयोजक तोकेको छ । बागमती प्रदेशभित्रका स्थानीय तहमा पार्टी तथा तालमेल गरिने दलका उम्मेदवारलाई विजयी गराउन कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले जिल्ला संयोजक तोकेका हुन् ।

जारी विज्ञप्तिअनुसार प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्व एवं निर्देशनमा रहने गरी १३ जिल्लाका पालिकामा तोकिएका प्रदेश प्रतिनिधिसँग समन्वयकारी भूमिका निर्वाह गर्न प्रदेशका पदाधिकारी एवं सदस्यहरुलाई जिल्ला संयोजक तोकिएको हो ।

जिल्ला संयोजकहरूमा काभ्रेपलाञ्चोकमा कञ्चनचन्द्र बादे, काठमाडौंमा राजु श्रेष्ठ, चितवन दीर्घमान श्रेष्ठ, ललितपुर ऋषिराम घिमिरे, नुवाकोट जीवन डंगोल, सिन्धुपाल्चोकमा हरिशरण श्रेष्ठ, भक्तपुरमा कृष्णलाल भँडेल, मकवानपुरमा निमा लामा, धादिङमा सन्तबहादुर प्रजा, दोलखामा प्रभात तामाङ, रसुवामा लामाकार्पु तामाङ, सिन्धुलीमा दीपेन्द्र आचार्य र रामेछापमा भद्रा पराजुली भण्डारी तोकिएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्