कर्णालीमा गठबन्धनले अझै मिलाउन सकेन भागबण्डा

बिहीबार, मंसिर १, २०७९

कर्णाली - स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय मुखमै आइसकेका बेला कर्णालीका गठबन्धन दलहरुले भने अझै भागबण्डा मिलाउन सकेका छैनन् । समाजवादी र माओवादीले भागबण्डामा बढी पालिका मागेपछि कांग्रेस कर्णालीमा चिडिएको हो ।

चुनाव हुनुभन्दा एक महिनाअघि उम्मेदवार टुंगाउनुपर्ने काँग्रेसको पार्टी विधानमा उल्लेख छ तर, गठबन्धनबीचको तालमेल नहुँदा बिहीबारसम्म पनि टुंगिएको छैन । सबै पालिकामा नगर प्रमुख तथा अध्यक्षका आकांक्षी बढी देखिएका बेला काँग्रेसलाई गठबन्धनका दलहरुले धेरै पालिका मागेका कारण निर्कषमा पुग्न नसकिएको काँग्रेसका नेताहरु बताउँछन्। माओवादीको राम्रो पकड भएको जिल्लामा एक पालिका नघटाई गठबन्धनका दललाई दिने र काँग्रेस राम्रो पकड भएको जिल्लामा पनि समाजवादी र माओवादीलाई एक पालिका नघटाईने दिने गरि सहमति गर्ने प्रयास भएको नेताहरु बताउँछन् ।

गठबन्धनबीच कुन पालिका कसले लिने भन्ने टुंगो नलाग्दा उम्मेदवार छनौट समेत हुन सकेको छैन । गठबन्धनबीच पालिका कस्ले कुन लिने टुंगो नलागेका कारण उम्मेदवार छनौटमा ढिलाई भएको कणर्ाली प्रदेश उम्मेदवार छनौटको संसदिय समितिको बैठक समेत हुन नसकेको सदस्य भुपेन्द्रजंग शाहीले बताए । ‘पार्टी विधानमा एक महिनाअघि उम्मेदवार टुंगाउने उल्लेख छ ।’

सदस्य शाहीले भने, गठबन्धनबीचको तालमेलमा समस्या हुँदा उम्मेदवारी दर्ताकोतयारीमा ढिलाई हुने देखिन्छ ।’ बिहीबार विहानैदेखि गठबन्धनबीच बैंठक बसिरहेको छ । काँग्रेसमा सबै जिल्लाबाट आकांक्षी बढी भएकाले मिलाउन हम्मेहम्मे परेको छ । जित्ने उम्मेदवारलाई टिकट नदिएर पैसा, पावर, आफन्तको नाममा टिकट विक्री गर्न खोजिए काँग्रेसभित्र बागी उम्मेदवार हाल्ने वा हराउने खेल हुनसक्ने नेताहरु बताउँछन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्