महानगर/उपमहानगरको उम्मेदवार टुङ्गो लगाउन एमाले सचिवालय बैठक बस्दै

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज (बिहीबार) बस्दै छ । भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा दिउँसो १ बजे बैठक बस्ने बताइएको छ । बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारका विषयमा छलफल हुनेछ । महानगर र उपमहानगरको उमेदवारको टुंगो लगाउने एमालेको तयारी छ ।आजै बिहान ११ बजे पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को बैठक पनि बस्ने तय छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्