भागवण्डाको विरोधमा कास्की कांग्रेस पार्टी कार्यालयमा ताला

बिहीबार, मंसिर १, २०७९

कास्की - पोखराको मेयर एकीकृत समाजवादीको भागमा परेपछि कास्की पार्टी कार्यालयमा कांग्रेस महानगर समितिले ताला लगाएको छ । मंगलबार काङ्ग्रेस सभापति शेरबहादुर देउवाले काङ्ग्रेस गण्डकी सभापति शक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई बोलाएर आफू समस्यामा रहेकाले पोखरा समाजवादीलाई दिनुपर्ने बताएका थिए ।

उक्त निर्णयले परिणाम उल्टो आउन सक्ने बारेमा नेतात्रयले जानकारी गराए पनि केन्द्रले पोखरा नेकपा एकीकृत समाजवादीलाई नै दिने निणर्य गर्‍यो । सोही निर्णयको विरुद्धमा महानगर समितिले पार्टी कार्यालयमा तालाबन्दी गरेको हो । कास्कीका कांग्रेस नेताहरुले ७० हजार भोट अरुलाई खन्याएर अर्को दलका उम्मेद्वारलाई जिताउन नहुने बताउँदै आएका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्