एमालेको प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवि परिचालित

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - नेकपा (एमाले) को जनसङ्गठन नेपाल बुद्धिजीवि परिषद्ले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिकास्तरमा जारी हुने प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीविहरूलाई परिचालन गरेको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले वैशाख ९ गते एकै दिन राष्ट्रियस्तरमा घोषणापत्र र सबै पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ । परिषद्ले राष्ट्रिय कार्याशाला आयोजना गरी प्रतिबद्धतापत्र तयारीमा संयोजनका लागि हरेक पालिकाका लागि दुई-दुई जनालाई प्रशिक्षक खटाएको र प्रशिक्षणप्राप्त परिषद्का सदस्यले पालिकास्तरमा सम्बन्धित कमिटीसँगको समन्वयमा काम गरिरहेको परिषद्का महासचिव गजेन्द्र थपलियाले जानकारी दिए ।

गत चैत १३ गते सम्पन्न एमाले स्थायी कमिटीको बैठकले घोषणापत्रमा सुझाव दिन सुझाव माग्ने निणर्य गरेको थियो । चैत १६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबै पालिकाका नेता, कार्यकर्तालाई भर्चुअलरुपमा सम्बोधन गरेका थिए । घोषणापत्र मस्यौदाका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा गठित समितिको सुझावका आधारमा घोषणापत्र तयार गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्