धुर्कोटको अध्यक्षमा कांग्रेसबाट भण्डारी उम्मेदवार

बिहीबार, मंसिर १, २०७९

गुल्मी - गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्षको उम्मेद्वारमा सत्तारुढ नेपाली कांग्रेसबाट महेन्द्रप्रसाद भण्डारी सिफारिस भएका छन् । कांग्रेसको गाउँपालिकास्तरीय समितिले महाधिवेसन प्रतिनिधि भण्डारीलाई अध्यक्षको उम्मेद्वारको रुपमा सिफारिस गरेको हो ।

गाउँ पालिकाका सभापति हरिबहादुर थापाका अनुसार धुर्कोटको समग्र विकासमा उनले देखाएको चासो र योगदानको कारण उनलाई सर्वसम्मत अध्यक्षमा सिफारिस गरिएको हो । भण्डारी नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष समेत हुन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्