‘युवासँग म’ शीर्षकमा आज ओलीको अन्तरक्रिया

बिहीबार, मंसिर १, २०७९
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विभिन्न क्षेत्रमा संलग्न युवाहरूसँग अन्तरक्रिया गर्ने भएका छन्। ललितपुरको गोदावरीस्थित सूर्योदय हलमा मध्यान्न १२ बजे अध्यक्ष ओलीले पेशागत क्षेत्रका करिब १२ सय युवासँग देशको समसामयिक परिस्थितीको विषयमा अन्तक्रिया गर्न लागेका हुन्। ३० वैशाखमा हुने निर्वाचनलाई लक्षित गर्दै ओलीले ‘युवासँग म’ शीर्षकमा अन्तक्रिया गर्न लागेका हुन्। 'समृद्ध नेपाल, सुखी नेपाली' परिकल्पनाको सार्थकताका लागि युवाहरुसँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । अध्यक्ष ओलीको आयोजनामा हुन लागेको कार्यक्रममा चिकित्सा, इन्जिनियरिङ, अर्थ, कृषि, उद्योगलगायतका क्षेत्रमा संलग्न युवाले आफ्नो धारणा राख्ने ओलीको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्