सत्ता गठबन्धनको बैठक सहमति नजिक पुगेको माओवादी र कांग्रेस नेताको भनाई

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - सरकारका प्रवक्ता तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले सत्ता गठबन्धनको बैठक सहमति नजिक पुगेको दाबी गरेका छन् । स्थानीय तहको निर्वाचनका लागि सिट बाँडफाँटका लागि भइरहेको छलफल सकारात्मक भएको उनले बताए । यस्तै नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पनि सहमति सकारात्मक भएको र नेताहरुले सहमतिको माइन्युटमा हस्ताक्षर गर्न बाँकी रहेको बताए । उनले अब बस्ने बैठकले अब उपमहानगरको पनि टुंगो लगाउने बताए । उनले भने नेताहरूले माइन्युटमा हस्ताक्षर गर्न बाँकी छ । हस्ताक्षर नगरी भन्न भएन । उपमहानगरको पनि टुंगो लगाउछौं
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्