सत्ता गठबन्धनको बैठक राति १० बजे पुन बस्ने, उपमहानगरका विषयमा छलफल हुने

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - सत्ता गठबन्धनको बैठक आज राति १० बजे पुन बस्ने भएको छ । दिउँसो ३ बजेबाट सुरु भएको गठबन्धनको बैठक साँझ ७ बजेपछि सकिएको थियो । आउँदो स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरको सिट बाँडफाँटको बिषयले सार्थकता पाउन नसक्दा बैठक फेरि बस्न लागेको हो । महानगरको विषयमा सहमती भएको र उपमहानगरका विषयमा अब छलफल गर्न बाकीँ रहेको बताइएको छ । कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि बैठकमा महानगर र उपमहानगरबारे समग्रमा छलफल भइरहेको बताएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा सबै सकारत्मक रुपले अघि बढेको उनी बताउँछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्