महानगरपालिकाका विषयमा गठबन्धन दलमा भयो सहमति, कसको भागमा कुन महानगरपालिका ?

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - सत्तारुढ दलहरु महानगरपालिकाको भागबण्डा गर्ने विषयमा सहमतिमा आएका छन् । मंगलबार बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा ६ वटा महानगरपालिकामा सहमती जुटेको हो । बैठकमा सहमति जनाए अनुसार देशका ६ वटा महानगरपालिकामध्ये तीन वटा नेपाली कांग्रेसलाई दिने सहमती भभएको हो । यस्तै बैठकमा अन्य ३ वटा महानगरपालिका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपाललाई एक एक वटा दिने सहमती भएको छ । सहमतीअनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका पाएको छ भने नेकपा माओवादी केन्द्रले आफ्नो भागमा भरतपुर महानगरपालिका, नेकपा एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगन्ज महानगरपालिका पाएको छ । सोमबार दुईपटक बसेको बैठकमा समेत सहमति जुट्न नसकेपछि आज फेरि बैठक बसेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्