निर्वाचनका लागि मतपत्र छपाइ अब १० दिनमा सकिने

बिहीबार, मंसिर १, २०७९
काठमाडौं – आगामी स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ १० दिनमा सकिने भएको छ । मंगलबार काठमाडौंमा आयोजित अन्तरक्रियामा निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले मतपत्र छपाइ बढीमा १० दिनमा सकिने बताए । हालसम्म एक करोड मतपत्र छपाइ भइसकेको भन्दै उनले अब १० दिनसम्मा छपाइ सकिने बताए । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ९४ लाख थान मतपत्र आवश्यक पर्ने बताइएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छपाइ गरिरहेको पौडेलले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्