देउवालाई कांग्रेस कास्कीका नेताले भने, ‘७० हजार भोट अरुलाई खन्याएर जिताउन गाह्रो छ’

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - सत्ता गठबन्धनका लागि पोखरा महानगरपालिकाको विषय पेचिलो बनिरहेको बेला कांग्रेस सभापति शेरबहादुर देउवाले कास्कीका कांग्रेस नेताहरूलाई बालुवाटारमा बोलाएर गठबन्धनको बाध्यता बुझ्न आग्रह गरेका छन् । सभापति देउवालाई भेटेपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस नेता यज्ञबहादुर थापाले आफूहरूलाई पोखरा महानगरपालिका नपाउने आशंका भए पनि नेताहरूले आफूहरूको कुरा बुझेर निर्णय गर्ने विश्वास रहेको बताए । उनले आफूहरूले तथ्य, तथ्यांक र तर्क दिएर नेताहरूलाई पोखरा कांग्रेसले पाउनुपर्ने दाबी गरेको बताए । उनले भने, ‘हामीसँग ६५-७० हजार मत छ । त्यहाँ गठबन्धनले जित्नुपर्छ भन्ने हो भने कांग्रेसलाई समर्थन गर्नुपर्छ । नेताहरूले गठबन्धनको बैठकमा हाम्रो कुरालाई राखेर माधव नेपाललाई पनि विश्वस्त पार्नु हुन्छ भन्ने लागेको छ । कताकता आशंका चाहिँ भएको छ । ६५-७० हजार मत लगेर अरूलाई खन्याएर जिताउन गाह्रो छ ।’ थापाले गठबन्धनको आफूहरू विरोधी नभएको र प्रचण्डलाई पनि भेटेर आफूले कांग्रेसको उम्मेदवार भए जित्न सजिलो हुने कुरा राखेको बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्