लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोको फेसबुक ह्याक

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ । आफ्नो फेसबुक ह्याक भएको बारे महतोले जानकारी गराएका छन् । ह्याकरले महतोले आजदेखि लोसपा छोडेको आशयको पोष्ट गरेको थियो । तर महतोले यसमा कुनै सत्यता नरहेको भन्दै फेसबुकमा बताएका छन् । उनले लेखेका छन् - 'मेरो फेसबुक ह्याक गरि सुनियोजित रुपमा कसैले यो समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु । यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी दायरामा ल्याउन पहल गर्नेछु ।' उनले लोसपा छोडेको भन्दै लेखिएको पोष्टको स्क्रिनसट भाइरल भएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्