गठबन्धन देखेर ओली आत्तिएर थर्थरी काँपेका छन् : रामचन्द्र पौडेल

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले लोकतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् । नेवी संघ स्थापना दिवसको अवसरमा नेता पौडेलले अहिले पनि लोकतन्त्र सुनिश्चित नभएको भन्दै लोकतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको आरोप लगाए ।

उनले भने, ‘चुनाव नजिकिंदै छ । गठबन्धनको शक्ति बलियो छ । यो शक्ति देखेर केपी ओली थर्थरी काँपेका छन् । हतास भएका छन् । भ्रष्टतत्व, प्रतिगामी तत्वहरुसँग गठबन्धन गरिरहेका छन् ।’

पौडेलले यो गठबन्धन परिवर्तनका लागि भएको बताए । पौडेलले भने, ‘तपाईंहरु लोकतन्त्रको पहरेदार हो । लोकतन्त्रप्रति समर्पित हुनुहोस् । लोकतान्त्रिक पक्षलाई सफल बनाउन लाग्नुहोस् ।’

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्