गठबन्धन तोड्ने षड्यन्त्र हुँदैछ : प्रधानमन्त्री देउवा

बिहीबार, मंसिर १, २०७९

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्। नेवी संघको स्थापना दिवसको अवसरमा प्रधानमन्त्री देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका हुन्।

‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ। भोलि पनि त्यो अवस्था नआओस्। एक्लै बहुमतको सरकार आउँदैन। कसै न कसैसँग मिल्नुछ', उनले भने, 'गठबन्धन भनेको गीभ एण्ड टेक हुने नै हो। गठबन्धन नगर्नुको विकल्प छैन तर अहिले गठबन्धन तोड्ने षड्यन्त्र हुँदैछ।’

प्रम देउवाले गठबन्धनलाई जोगाउनुपर्ने भन्दै त्यसका लागि एकबद्ध भएर अघि बढ्नुपर्ने बताए। गठबन्धन नगरेमा केपी ओलीको जस्तै अवस्था हुने उनले बताए।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्