डोल्पाका दुई गाउँपालिका अध्यक्ष एमाले छाडेर नेकपा एसमा प्रवेश

बिहीबार, मंसिर १, २०७९

डोल्पा - स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा डोल्पामा नेकपा एमालेबाट चुनाव जितेका दुई गाउँपालिका अध्यक्ष नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।

कर्णाली प्रदेश कमिटी सदस्य एवम् काईके गाउँपालिका अध्यक्ष अंगत राना र जिल्ला कमिटी सदस्य एवम् छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले नेकपा एकीकृत समाजवादी प्रवेश गरेका हुन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले संविधान संघीय लोकतन्त्र, गणतन्त्रलाई संस्थापन गर्न नेकपा एस पार्टीमा प्रवेश गरेको जनाएका छन् । उनीहरुले एमालेमाथिको भरोसा टुटेका कारण नेकपा एस प्रवेश गर्नुपरेको बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्