सिट भागबण्डा : गठबन्धन वैठकअघि माओवादी केन्द्रको विस्तारित बैठक जारी

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - सत्ता साझेदार नेकपा माओवादी केन्द्रको कार्यालयको विस्तारित बैठक चलिरहेको छ । उपमहानगरपालिका र नगरपालिकाको बाडफाँट विषयमा पार्टीको रणनीति बनाउन बैठक बसेको हो ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहान साढे ८ बजेदेखि बैठक चलिरहेको छ । हिजो बसेको शीर्ष, स्थानीय निर्वाचन तयारी तथा अनुगमन समिति र संयन्त्रको बैठकमा ५ महानगरको बाडफाँट टुंगो लागेको छ ।

आज बस्ने बैठकले उपमहानगरको टुंगो लगाउँदै छ । माओवादीले चार उपमहानगर दाबी गरेको छ । यही विषयमा कार्यालयको बिस्तारित बठक बसेको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्