परराष्ट्रमन्त्री खड्का र अमेरिकी उप-सहायक विदेशमन्त्रीबीचको भेटवार्तामा के भयो ?

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - परराष्ट्रमन्त्री डा. नारायण खड्का र अमेरिकी उप-सहायक विदेशमन्त्री केल्ली किडरलिङबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबास्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खड्का र अमेरिकी उप-सहायक विदेशमन्त्रीबीच भेटवार्ता भएको हो । नेपाल भ्रमणमा रहेकी दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप–सहायक विदेशमन्त्री किडरलिङसँगको भेटमा नेपाल अमेरिकाबीचको मित्रता र द्विपक्षीय सहकार्यबारे छलफल भएको मन्त्रालयले जनाएको छ । सहायक विदेशमन्त्री किडरलिङ अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्षको अवसरमा नेपाल भ्रमणमा आएकी हुन् । संसदबाट एमसीसी सम्झौता अनुमोदन भएपछि नेपाल आउने उनी पहिलो वरिष्ठ अमेरिकी अधिकारी हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्