एमाले सचिवालय बैठक ओली निवास बालकोटमा जारी

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - नेकपा (एमाले)को सचिवालय बैठक अहिले पार्टी अध्यक्ष केपी केपी शर्मा ओली निवास बालकोटमा जारी छ। बैठकमा अध्यक्ष ओलीसहितका नेताहरु सहभागी भएका छन् । बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धतापत्र लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए । यस्तै बैठकमा महानगर र उपमहानगरपालिका सहित स्थानीय तहका उम्मेदवारका बिषयमा पनि छलफल हुनेछ । एमालेले वैशाख ९ गते चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्ने भएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्