गठबन्धन सहमति नजिक पुगेको प्रवक्ता कार्कीको दाबी

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - नेपाली कांगेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन सहमति नजिक पुगेको दाबी गरेका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिनभर बसेको बैठकमा आगामी चुनावका लागि गठबन्धन टुंग्याउने बिषयमा छलफल भएको थियो । छलफलपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता कार्कीले सहमति नजिक पुगेको बताए । कार्कीले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा सहमति जुट्ने दाबी गरे । उनका अनुसार ६ वटा महानगर र ११ वटा उपमहानगरको मेयर र उपमेयरबारे सहमति नजिक पुगेको छ । मंगलबार बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्ने र टुंगो लाग्ने उनले दाबी गरे ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्