सत्ता गठबन्धनको बैठकमा सहमति भएन, अर्को बैठक भोलि

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - सत्ता गठबन्धनको बैठक सहमतिबिना सकिएको छ । सोमबार बिहान १० बजेदेखि दिनभरजसो बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । तर बैठकमा कुनै सहमति हुन सकेन । आजको बैठकमा स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा भागबन्डा गरेर उम्मेदवार तय गर्ने विषयमा कुराकानी भएको थियो । दुई चरणमा बसेको बैठक सहमतिनजिक पुगेको बताइएको छ । गठबन्धन बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन सहमति नजिक पुगेको दाबी गरेका हुन् ।बैठकले सिट बाँडफाँट टुंग्याउन नसकेपछि अब अर्को बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र कार्यदलका अध्यक्ष रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरू सहभागी थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्