गठबन्धनमा भागबण्डाको हिसाव : तीन महानगर कांग्रेसलाई, बाँकी तीन अरुले बाँड्ने

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसले तीन, माओवादी केन्द्र, नेकपा एस र जसपाले एक/एक महानगरपालिका लिने गरी सहमति नजिक पुगेका बताएका छन् ।

गठबन्धनको बैठकबाट सिधै पत्रकार सम्मेलनमा पुगेका प्रचण्डले गठबन्धनमा कुनै समस्या नरहेको पनि दाबी गरेका छन् । ‘कांग्रेसले चीन, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले एक/एक महानगर लिने लाइनमा नै छलफल भएको छ’, अध्यक्ष प्रचण्डले भने, ‘सम्भवत यही लाइनमा आज साँझसम्म सहमति हुन्छ ।’

उनले कांग्रेसको स्थानीयस्तरबाट केन्द्रको सहमति नमान्ने भन्दै आएको आवाजलाई स्वभाविक समेत मान्न सकिने बताए । ‘एउटै पार्टीमा त एउटा पक्षले टिकट पाएन भने विद्रोह गर्छु भन्ने हुन्छ’, प्रचण्डले भने, ‘यहाँ त अलग दलबीच गठबन्धन भएको छ । त्यस्तो आवाज आउनु स्वाभाविक हो । गठबन्धन भएपछि विस्तारै यसलाई पार्टीहरुको र जनसमर्थन पनि प्राप्त हुँदै जान्छ ।’

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्