माओवादी केन्द्र पुनर्गठन अभियान्ता आनन्दराम फुयाल फेरि माओवादी केन्द्रमै फर्किए

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - गोपाल किराँती नेतृत्वको नेकपा ९माओवादी केन्द्र० पुनर्गठन अभियान्ता आनन्दराम फुयाल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रमा प्रवेश गरेका उनले समाजवादी क्रान्तिको कार्यभार पार्टीमा रहेर पूरा गर्ने प्रतिबद्धता जनाए । उनले आफूले अब माओवादी केन्द्रलाई जनताबीचमा लोकप्रिय दल बनाउने अठोट गरेको बताए । नेकपा एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता हुँदा असन्तुष्ट भएका थिए र किराँती नेतृत्वमा रहेर माओवादी केन्द्र पुनर्गठन अभियान सञ्चालन गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्