काग्रेस पर्साको वीरगन्ज महानगरसहित १४ वटा पालिका एक्लै चुनाव लड्ने निर्णय

बिहीबार, मंसिर १, २०७९

वीरगन्जः नेपालीको कांग्रेसको पर्सा जिल्ला कार्य समितिले वीरगन्ज महानगरसहित पर्साका सबै १४ पालिकामा कांग्रेस एक्लै चुनाव लड्ने औपचारिक निर्णय गरेको छ।

मधेस प्रदेशको एक मात्र महागनर वीरगन्ज महानगरपालिकासहित जिल्लाका १४ वटै पालिकामा कांग्रेसले गठबन्धन गरी एक्लै चुनाव लड्ने निर्णय स्थानीय नेतृत्वले गरेको हो।

बुधबार बेलुकी वीरगन्जस्थित पार्टी कार्यालयमा बसेको नेपाली कांग्रेस पर्साको जिल्ला कार्य समितिको बृहतर बैठकले स्थानीय तह निर्वाचनमा पर्सा जिल्लामा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको हो।

जिल्लाका प्रमुख नेताहरुको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको कांग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मीले बताए।

वीरगन्ज महानगरपालिकासहित पर्साका सबै १४ वटा पालिकामा कांग्रेसले अन्य दलसँग निर्वाचनमा गठबन्धन नगर्ने निर्णय भएको जिल्ला उपसभापति कुर्मीले जानकारी दिए। कुर्मीले भने,‘पर्सामा कांग्रेसले कुनै दलसँग तालमेल गर्दैन, कांग्रेसले सबै स्थानीय तहका सबै पदमा बिना गठबन्धन एक्लै चुनाव लड्ने निर्णय भएको छ।’

वीरगन्जसहित सबै तहमा कांग्रेसको जनलहर बढेको र सजिलै चुनाव जित्ने अवस्था देखिएकाले गठबन्धन नगरिने उनले बताए। उनले केन्द्रले पनि जिल्ला कार्य समितिको निर्णयकै आधारमा टेकेर पर्साको हमा निर्णय गर्ने दाबी पनि गरे।

पत्रकार सम्मेलनमा उनिहरुले वीरगन्जमा गठबन्धन गर्ने केन्द्रको निर्णय स्वीकार्य नभएको बताएका थिए। उनीहरुले वीरगन्जमा कांग्रेस एक्लै चुनाव लडेर जित्न पनि सक्षम रहेको दाबी गर्दै कांग्रेसको केन्द्रीय नेतृत्वले जरबजस्ति निर्णय लाद्न खोजे महानगरका नेता कार्यकर्ताले पार्टी भित्रै विद्रोह गर्ने चेतावनी पनि दिएका थिए।

केन्द्रमा सत्ता गठबन्धनका पाँच दलबीच भएको छलफलमा , वीरगन्ज महानगर जनता समाजवादी पार्टी (जसपा) को भागमा पर्ने सहमति भएको भनेर सार्वजनिक भएपछि पर्सामा कांग्रेस नेताहरुले त्यसको चर्को विरोध गरेका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्