माओवादीका वीरगञ्ज महानगर अध्यक्ष अन्सारीसहित तीन जना पार्टीबाट निष्कासित

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - नेकपा माओवादी केन्द्रले वीरगञ्ज महानगरपालिका समितिका अध्यक्ष रहबर अन्सारीलाई कारबाही गरेको छ । पार्टीले अध्यक्ष अन्सारीसहित उपाध्यक्ष अनुरुध यादव र जुम्मादिन अन्सारीलाई पार्टीबाट निष्कासन गरेको हो । माओवादी केन्द्र पर्साका इन्चार्ज विजय महतो र संयोजक रामदरश कुशवाहाले एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई पार्टीबाट निष्कासन गरिएको जानकारी गराएका हुन् । उनीहरुमाथि पार्टीको कार्यालय तोडफोड गरेर जिल्लाका जिम्मेवार नेतृत्वमाथि गाली गलौज गरेको आरोप छ । रहबर गएको निर्वाचनमा माओवादीका तर्फबाट वीरगञ्जमा मेयरमा प्रतिस्पर्धा गरेका थिए
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्