नयाँ वर्षको अवसरमा पूर्वराजा शाहको शुभकामना सन्देश - 'बढ्दो महंगी र थपिँदो आर्थिक बोझले जीवन गुजरा गर्न कठिन भयो'

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र विक्रम शाहले नेपालीको घर–घरमा बढ्दो महंगी र थपिँदो आर्थिक बोझले जीवन गुजरा गर्न अत्यन्त कठिन भएको बताएका छन् । बुधबार नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले सो कुरा गरेका हुन् । उनले चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त पार्न नसकेको बताएका छन् । जारी शुभकामना सन्देशमा उनले भने भनेका छन् - 'हाम्रो अर्थविद्हरू तथा उद्यमीहरूले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थ व्यवस्था जटिल बन्दै गएको चिन्ता गरिरहेका छन् । नेपालीको घर घरमा बढ्दो महंगी र थपिदो आर्थिक बोझले जीवन गुजरा गर्न अत्यन्त कठिन भएको दुखेसो छ । नेपाली सबैको भलो होस, सबै नेपालीको सपना साकार होस् र प्रत्येक प्रयास उपलब्धिमा परिणत होस् यही हाम्रो अभिलासा हो।'
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्