नगरवासीका आधारभूत आवश्यकता पुरा गर्न मेयरमा मेरो उम्मेदवारी - राजेन्द्र पाण्डेय

बिहीबार, मंसिर १, २०७९
मनोज कार्की/गुल्मी - आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा एमाले तर्फबाट रेसुङ्गा नगरपालिका मेयर पद उम्मेदवारको पत्रकार सम्मेलन मार्फत (नेकपा) एमाले रेसुङ्गा नगर कमिटीले जानकारी गराएको छ । रेसुङ्गा नगर कमिटीले मङ्गवार नै सर्वसम्मत मेयर पदको उमेदवारमा राजेन्द्र पाण्डेयलाई सिफारिस गरेपनी बुधबार जिल्लाको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन मार्फत उम्मेदवारको सार्वाजानिक गरेको हो । मेयर पदका उम्मेदवार पाण्डेयले आफ्ना आगामी योजना सार्वाजानिक गरेका छन् । को हुन् त रेसुङ्गा मेयरका उम्मेदवार पाण्डेय २०२२ साल ११ महिना २ गते गुल्मी जिल्लाको साविकको तम्घास गा.वि.स वडा नम्वर १ साउटोलमा जन्मेका थिए राजेन्द्र पाण्डेय । वि.स २०४० सालमा महेन्द्र नमुना ब्यावायिक माध्यमिक बिद्यालयबाट प्रथम श्रेणीमा एस.एल.सी पास गरेका पाण्डेयले वि.सं २०४४ सालमा आभरसियर पास गरेका थिए । उनले वि.सं २०६१ सालमा सिभिल इन्जिनियरिङ्ग पास, वि.सं २०७६ सालमा अर्वान डिजायन एण्ड कन्जभेसन एमएसी हुदैँ कन्टक्सन इन्जिनियर म्यानेजमेन्टमा इन्जिनियरिङ्ग गरेका थिए । २०३५ सालदेखी बिद्यार्थी जीवनबाट आफ्नो राजनितिक यात्रा सुरु गरेको पाण्डेय कर्मचारी संगठन वि.स २०४८को कर्मचारीको आन्दोलनमा २८ दिन हिरासतमा समेत बसेका थिए । उनले वि.स २०५० देखी ०५२ साल सम्म पहिलो पटक निजामती कर्मचारी संगठन गुल्मी जिल्ला अध्यक्षमा रहेर काम गरे । वि.स २०५२ देखी ०५४ सालमा पहिलो अध्यक्ष कार्यकालको सफलता पछी दास्रो अबिधेशनबाट पुःन अध्यक्ष पाएका थिए । इन्जिनियरिङ्ग पासपछि तत्कालिन आवास तथा भौतिक मन्त्रालयमा खुल्ला प्रतिस्पर्धाबाट नाम निकालेका पाण्डेयले सरकारी जागिर संगै कर्मचारी संगठनमा रही सक्रिय रुपमा आफुले काम गर्दै आएको बताएका छन् । पाण्डेयले पत्रकार सम्मेलनमा आफ्ना केहि भावी योजना समेत सार्वाजानिक गरेका छन् । रेसुङ्गाका नगरपालिकामा विकाश र समृद्धिका प्रचुर सम्भावना रहेको उनले बताएका छन् । उनले रेसुङ्गा नगरवासीका आधारभूत आवश्यकता पुरा, पूर्वाधारका काम सम्पन्न, कृषि तथा पशुपालनमा ब्याबसायिकरण, युवाहरुलाई रोजगारी सिर्जना, पर्यटन क्षेत्रको विकास लगायतका थुप्रै आफ्ना आगामी योजना अगाडी सारेका छन् । आफु नगरमा निर्वाचित भएपछि अघिल्ला जनप्रतिनिधिले सुरु गरेका क्रमगत योजना पुरा, स्वास्थ्य, शिक्षा क्षेत्रको परिवर्तन र आर्थिक गतिबिधिलाई चलायमान बनाउँदै नगरबासीको आधारभूत आवश्यकतालाई पु्रा गर्न सरकारी जागिर छोडेर आफु खुल्ला राजनितिमा आएको पाण्डेयले बताए । नेपालकै ७ सय ५३ स्थानिय तहमध्ये एक अब्बल र सक्षम रेसुङ्गा नगरपालिका रहेको उनले बताए । गठबन्धन नामको मात्र रहेकाले यसमा कुनै शक्ति नभएको बताए । रेसुङ्गा नगपालिकामा हेर्दा एमाले भन्दा काँग्रेस बलियो देखिन्छ तर नगरभित्र एमाले पार्टी नै बलियो हुदाँ नगर तथा सबै वडामा जित सुनिश्चित रहेको उनले दाबी गरेका छन् । उप–मेयरमा कसैको नाम भने अझै टुङ्गो लगाई सकेको छैन् । मुसिकोट नगरपालिका मेयरमा (नेकपा) एमालेबाट मेयरमा जीवन खरेलको नाम सिफारिस भईसकेको छ ।एमालेले दुई नगरपालिकामा मेयर पद उम्मेदवारको टुङ्गो लगाइसक्दा नेपाली काँग्रेसले मुसिकोटमा मात्र टुङ्गो लगाएको छ । त्यस्तै मालिका गाउँपालिकामा सत्तारुढ पाँचदलको गठबन्धनका नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरी पालिका प्रमुख उम्मेदवारको टुङ्ग्याएको छ । जसमा प्रमुखमा नेकपा माओवादी केन्द्रबाट देविराम अर्याललाई उम्मेदवारी बनाएका छन् । उप –प्रमुख पदमा भने अझै कसैको नाम सिफारिस भएको छैन् । जिल्लाको कालिगण्डकी गाउँपालिका प्रमुखमा (नेकपा) एमाले पार्टीबाट राम्जी ढकालले टिकट पाएका छन् । मुसिकोट नगरपालिकामा मेयरमा नेपाली काँग्रेसले हरिनारायण सापकोटालाई सर्वसम्मत सिफारिस गरेको छ । उप–मेयरमा नेपाली काँग्रेस पार्टीले भने अझै कसैको नाम सार्वाजानिक गरेको छैन् । केहि स्थानिय तहमा उम्मेदवार टुङ्गो लगाईसकेको एमालले वाकीँ स्थानिय तहमा छिटटै टुङ्गो लगाउने देखिएको छ भने सत्तागठबन्धनमा केहि अलमल देखिएको छ । भागवण्डाका कारण सत्तागठबन्धनलाई उम्मेदवारको टुङ्गो लगाउन सकस देखिएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्