नेपाल परिवार दलले सूर्य चिन्ह लिएर चुनाव लड्ने, भयो पाँच बुँदे सहमति

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाल परिवार दलले पनि नेकपा एमालेसँग तालमेल गर्ने भएको छ । नेकपा एमाले र परिवार दलबीच भएको पाँच बुँदे सहमति अनुसार आउँदो चुनावमा नेपाल परिवार दलले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएको हो । निर्वाचनमा दुई दलबीच चुनावी तालमेल गरेर अघि बढ्ने सहमति भएको छ । नेकपा एमालेका स्थानीय विकास विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको हो । सहमती अनुसार निर्वाचनमा विजयी भएपछि भने नेपाल परिवार दलमै आबद्ध हुनेछन् । देशभरका तालमेल सम्भव पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेद्वार उठाउने सहमति भएको छ । यस्तै सहमती अनुसार नेपाल परिवार दलले आफ्नो उम्मेदवार नभएका सबै ठाउँहरुमा एमालेका उम्मेदवारहरुलाई सघाउने र नेपाल परिवार दलका उम्मेदवारहरुलाई एमालेले सघाउने भएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्