प्रधानमन्त्री देउवा र विप्लवबीचको भेटवार्तामा के भयो ?

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । बुधबार बिहान १० बजेको समयमा प्रधानमन्त्री देउवासँग भेट गर्न विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सरकारी निवास बालुवाटार पुगेका थिए । उनीहरुबीच आधा घण्टा छलफल भएको बताइएको छ । उनीहरुसँग गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी रहेका थिए । भेटवार्तामा यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको सम्झौताको कार्यान्वयन, आगामी स्थानीय तहको निर्वाचन लगायतका बिषयमा छलफल भएको बतायएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्