कमल थापाकी छोरी प्रतिष्ठाले राप्रपा छाडिन्

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाकी छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा परित्याग गरेकी छन् । गएको पुसमा भएको राप्रपाको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थापाले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएकी हुन् ।

राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक बिचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको उनले राजीनामा पत्रमा उल्लेख गरेकी छिन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्