धमाधम उम्मेदवार टुङ्गो लगाउँदै एमाले, अन्योलमा सत्तागठबन्धन

बिहीबार, मंसिर १, २०७९
मनोज कार्की/गुल्मी - स्थानिय तहको निर्वाचनको मिति नजिकिए संगै विभिन्न राजनितिक दल आफ्नो संगठन बिस्तार र उम्मेदवार चयनमा दौडधुप गरिरहेका छन् । गुल्मी जिल्लाका १२ वटा स्थानिय तह मध्ये केहीमा राजनितिक दलले आफ्ना उम्मेदवार टुङ्गो लगाएका छन् त केही टुङ्गयाउने कसरतमा छन् । जिल्ला भित्र कतै सत्ता गठबन्धनको तालमेल देखिएको छ त कतै गठबन्धनको अन्योल देखिएको छ । मंगलबार बसेको (नेकपा) एमाले रेसुङ्गा नगर कमिटीको बैठकले रेसुङ्गा नगरपालिकाको मेयर पद उम्मेदवारको टुङ्गो लगाएको छ । रेसुङ्गा नगरपालिकाको मेयर पदको उम्मेदवारमा राजेन्द्र प्रसाद पाण्डेयलाई नगर कमिटीले सर्वसम्मत सिफारिस गरेको नेकपा एमाले रेसुङ्गा नगरकमिटीका अध्यक्ष हरिप्रसाद पोखरेलले जानकारी दिए । उप–मेयरमा कसैको नाम भने अझै टुङ्गो लगाई सकेको छैन् । मुसिकोट नगरपालिका मेयरमा (नेकपा) एमालेबाट मेयरमा जीवन खरेलको नाम सिफारिस भईसकेको छ ।एमालेले दुई नगरपालिकामा मेयर पद उम्मेदवारको टुङ्गो लगाइसक्दा नेपाली काँग्रेसले मुसिकोटमा मात्र टुङ्गो लगाएको छ । त्यस्तै मालिका गाउँपालिकामा सत्तारुढ पाँचदलको गठबन्धनका नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरी पालिका प्रमुख उम्मेदवारको टुङ्ग्याएको छ । जसमा प्रमुखमा नेकपा माओवादी केन्द्रबाट देविराम अर्याललाई उम्मेदवारी बनाएका छन् । उप –प्रमुख पदमा भने अझै कसैको नाम सिफारिस भएको छैन् । जिल्लाको कालिगण्डकी गाउँपालिका प्रमुखमा (नेकपा) एमाले पार्टीबाट राम्जी ढकालले टिकट पाएका छन् । मुसिकोट नगरपालिकामा मेयरमा नेपाली काँग्रेसले हरिनारायण सापकोटालाई सर्वसम्मत सिफारिस गरेको छ । उप–मेयरमा नेपाली काँग्रेस पार्टीले भने अझै कसैको नाम सार्वाजानिक गरेको छैन् । केहि स्थानिय तहमा उम्मेदवार टुङ्गो लगाईसकेको एमालले वाकीँ स्थानिय तहमा छिटटै टुङ्गो लगाउने देखिएको छ भने सत्तागठबन्धनमा केहि अलमल देखिएको छ । भागवण्डाका कारण सत्तागठबन्धनलाई उम्मेदवारको टुङ्गो लगाउन सकस देखिएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्