एकीकृत समाजवादीका जनप्रतिनिधिलाई सोही ठाउँ छाड्ने गठबन्धनको निर्णय

बिहीबार, मंसिर १, २०७९
काठमाडौं – पाँच दलीय गठबन्धनको बैठकले आउँदो स्थानीय तह निर्वाचनका लागि गठबन्धन र उम्मेदवारको टुंगो लगाउन निर्देशन दिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै बैठकले तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा विजयी भएका र हाल नेकपा एकीकृत समाजवादीमा रहेका जनप्रतिनिधिका लागि ती स्थान छाड्ने निर्णय पनि गरेको छ । मन्त्री कार्कीका अनुसार बैठकले एमालेबाट एकीकृत समाजवादी रोजेका स्थानीय तहका जनप्रतिनिधिलाई त्यसै अनुसार मान्ने निर्णय गरेको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्