नेतृत्व बाँडफाँट टुंगो लगाउन गठबन्धन बैठकको निर्देशन

बिहीबार, मंसिर १, २०७९
काठमाडौं – पाँच दलीय गठबन्धनको बैठकले आउँदो स्थानीय तह निर्वाचनका लागि गठबन्धन र उम्मेदवारको टुंगो लगाउन निर्देशन दिएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकले नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन जिल्ला संयन्त्रलाई निर्देशन दिएको एक नेताले बताए । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताको सहभागी भएका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्