स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति भण्डारीबाट स्वीकृति

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । मंगलबार राष्ट्रपति कार्यलयले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को चैत १७ गतेको सिफारिस र चैत २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति भण्डारीले सेना परिचालनका लागि स्वीकृति दिएकी हुन् । नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम उनले सेना परिचालनको लागि स्वीकृति दिएको सूचनामा जनाइएको छ। ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्न सकिने सूचनामा जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्