काठमाडौंको खुलामञ्चमा राप्रपाको शक्ति प्रदर्शन

बिहीबार, मंसिर १, २०७९
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौं उपत्यका बाहिर दिनहुँ आमसभा गरिरहेको राप्रपाले आज काठमाडौंको खुलामञ्चमा आमसभा आयोजना गरेको हो । स्थानीय चुनाव नजिकिएसँगै अन्य दलले चुनावी अभियान शुरु गरे जस्तै राप्रपाले पनि आफ्नो अभियान जारी राखेको छ । जारी राप्रपाको आमसभामा अध्यक्ष राजेन्द्र लिङदेन, पुर्वअध्यक्षहरु पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी लगायतका नेताहरु सहभागी भएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्