यी हुन् मन्त्रिपरिषद् बैठकले सिफारिस गरेका २० राजदूत

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । उक्त बैठकले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ सकिएपछि राष्ट्रपतिले मनोनित गर्नेछिन् । यी हुन् सिफारिस भएका राजदूत बिष्णुपुकार श्रेष्ठ- चीन बासुदेव मिश्र- श्रीलंका दानबहादुर तामाङ- दक्षिण अफ्रिका शर्मिला पराजुली ढकाल- स्पेन मिलन तुलाधर- रूस डिल्लीराज पौडेल- मलेसिया शान्ता रिजाल -इजरायल नवराज सुवेदी- साउदी घनश्याम बन्जाडे- बंगलादेश दुर्गाबहादुर सुवेदी -जापान निर्मलराज काफ्ले- ब्राजिल भरतकुमार रेग्मी- अष्ट्रिया सुशीलकुमार लम्साल - इजिप्ट कैलाश पोखरेल- अष्ट्रेलिया डिल्लीराज पौडेल- कतार ज्योति प्याकुरेल -दक्षिण कोरिया रामसुरज राय यादव- डेनमार्क डोरनाथ अर्याल हरिशचन्द्र घिमिरे तिर्थराज वाग्ले
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्