बसन्तपुरमा ज्यापु दिवस (तस्बिरहरू)

बिहीबार, मंसिर २२, २०७९

काठमाडाैँ –  आज यमोरी पुन्ही अर्थात् १९  औं ज्यापु दिवस । नेवारी संस्कृति संरक्षणका लागि आज राजधानीको वसन्तपुरमा र्‍याली निकालिएको छ । हाकु पटासीमा सझिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै सहरका विभिन्न गल्ली परिक्रमा गरेका छन्। र्‍यालीमा काठमाडौँ महानगरपालिका उप प्रमुख सुनिता डंगोल, पूर्व महानगर प्रमुख विद्यासुन्दर शाक्य लगायतको सहभागिता रहेको छ । 

 

आजको दिनलाई हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवसका रुपमा मनाउँछन् । 

 

काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले बिहीबार धुमधामका साथ यःमरी पुन्ही पर्व मनाइरहेका छन्। चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ।

 

सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गरिएको हो। ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमा समेत मनाउँदै आएका छन्।

आज सोही पर्वको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ।

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १०:४८
प्रतिक्रिया दिनुहोस्