१६ वर्षपछि अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा प्रवेश

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं - अष्ट्रेलिया १६ वर्षपछि फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । डेनमार्कलाई हराउदै अष्ट्रेलिया अन्तिम १६ मा प्रवेश गरेको हो।


कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समू डी को अन्तिम खेलमा डेनमार्कलाई १–० ले पराजित गरेपछि अष्ट्रेलियाले समूह डी मा उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको हो ।


अल जानोब स्टेडियममा भएको खेलमा अष्ट्रेलियाको लागि म्याथ्यु लेकीले निर्णायक गोल गरे । उनले खेलको ६०औं मिनेटमा रिले म्याग्रेको पासमा गरेको गोल निर्णायक बनेको थियो ।


यसअघि अष्ट्रेलिया सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा अन्तिम १६ मा पुगेको थियो । तर इटलीसँग पेनाल्टी गोलमा १–० ले पराजित हादै बाहिरिएको थियो । पछि इटलीले नै त्यस विश्वकप जितेको थियो ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०१:२६
प्रतिक्रिया दिनुहोस्