काभ्रे २ मा २४ सय मतले अग्रता लिँदै गोकुल बास्कोटा

शुक्रबार, मंसिर ९, २०७९

काठमाठौँ– काभ्रै क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बास्कोटाले आफ्नो मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मत परिणामअनुसार,  उनले नेपाली कांग्रेसका शिव हुमागाइँलाई २४ सय १४ मतान्तरले अग्रता लिएका छन् ।

 

बास्कोटाले ३१ हजार ४३१ मत ल्याएका छन् भने कांग्रेसका हुमागाइँले २९ हजार ०१७ मत ल्याएका छन् । यता, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले ६ हजार ९५३ मत पाएका छन् 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:१८
प्रतिक्रिया दिनुहोस्